एशोसियट समूहमा पनि किशोर समूहको बहुमत

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको एशोसियटतर्फको मतगणनामा पनि किशोर प्रधान समूहले नै बहुमत ल्याउन सफल भएको छ । जिल्ला नगरमा बहुमत कार्यसमिति सदस्य र वस्तुगतमा बराबरी सदस्यमा जित हासिल गरेको किशोरको समूहले एशोसियटमा अधिकांश कार्यकारिणी सदस्यहरुमा जित हासिल गर्न सफल भएको हो । (सदस्यहरुको मतपरिणाम प्राप्त गर्न बाँकी)

तीनै समूहमा गरेर महासंघको नेतृत्व गर्न लागेका शेखर गोल्छालाई स्पष्ट बहुमत प्राप्त भएको छ । यद्यपि गोल्छाले पदाधिकारीमा भने दुई जना सदस्य गुमाएका छन् । वरिष्ठ उपाध्यक्षमा अर्को समूहका चन्द्र ढकाल विजयी भएका छन् भने एशोसियट उपाध्यक्षमा रामचन्द्र संघई विजयी भएका छन् । 

Advertisement

Advertisement

Advertisement