एशोसियट उपाध्यक्षमा चन्द्र समूहका रामचन्द्र संघई विजयी

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको एशोसियट तर्फको उपाध्यक्षमा रामचन्द्र संघई विजयी भएका छन् । उनले किशोर प्रधान समूहका सौरभ ज्योतिलाई २१ मतअन्तरले हराउँदै उपाध्यक्ष बन्न सफल भएका हुन् । 

संघईको जितसँगै पदाधिकारीमा चन्द्र समूहले खाता खोल्न सफल भएको छ । ९०३ मत गणना हुँदा सौरभ झिनो मतअन्तरले पराजित भएका छन् । यसअघि जिल्ला तथा नगर उपाध्यक्षमा किशोर प्रधान समूहका दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा किशोर समूहकै अन्जन श्रेष्ठ विजयी भइसकेका छन् । 

Advertisement

Advertisement

Advertisement