महासंघको उपाध्यक्षमा निर्वाचित संघईलाई एनआईसी एशियाको बधाई

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंकका सञ्चालक तथा प्रतिष्ठित उद्योगी व्यवसायी रामचन्द्र संघई नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्ष पदमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरिएको छ । 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना सुधिरनाथ पाण्डेले विज्ञप्ति प्रकाशित गरी महासंघका नवनिर्वाचित उपाध्यक्ष संघईलाई हार्दिक बधाई ज्ञापन गर्नुका साथै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन् । 

Advertisement

विगत ३० वर्ष देखि विभिन्न उद्योग व्यवसायमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पुर्याउदै आएका संघई त्रिवेणी ग्रुपको निर्देशक हुन् । 

उद्योगी व्यवसायीको रुपमा मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याए वापत गतवर्ष नेपाल सरकारले उनलाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ सम्मानबाट विभूषित गरेको थियो । 


 

Advertisement

Advertisement