कुमारी बैंकसहित ३ कम्पनीको शेयर मूल्य समायोजन, कस्को कति ?

Advertisement

काठमाडौँ । कुमारी बैंक सहित नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचीकृत ३ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । 

कुमारी बैंकले शेयरधनीहरुलाई प्रदान गर्ने १०.८५ प्रतिशत बोनस शेयर पछि प्रतिशेयर मूल्य २७३ रुपियाँ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि बैंकको प्रतिशेयर मूल्य ३०३ रुपियाँ रहेको थियो । मूल्य समायोजन पछि आजको शेयर कारोबार २७३ रुपियाँबाट शुरु हुनेछ । 

Advertisement

त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य पनि समायोजन भएको छ । कम्पनीले शेयरधनीहरुलाई प्रदान गर्ने २५ प्रतिशत बोनस पछि प्रतिशेयर मूल्य ६ हजार कायम गरिएको छ । यसअघि प्रतिशेयर मूल्य ७५०० रुपियाँ रहेको थियो ।

यसैगरी रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य पनि आजै समायोजन भएको छ । कम्पनीले शेयरधनीहरुलाई दिन ५ प्रतिशत बोनस पछि प्रतिशेयर मूल्य १६८ रुपियाँ कायम गरिएको छ । यसअघि कम्पनीको प्रतिशेयर मूल्य १७६ रुपियाँ रहेको नेप्सेले जनाएको छ ।  


 

Advertisement

Advertisement