सुनको मूल्य आज पनि घट्यो, प्रतितोला ९० हजारमा किनबेच

Advertisement

काठमाडौँ । केही दिनदेखि लगातार घटिरहेको सुनचाँदीको मूल्य आज प्रतितोला ७ सय रुपियाँ घटेको छ । हिजो पनि प्रतितोला ६ सय रुपियाँ घटेको थियो । चाँदीको मूल्य पनि घटिरहेको छ । हिजो प्रतितोला १५ रुपियाँ घटेको चाँदीको मूल्य आज पनि प्रतितोला ३० रुपियाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय ५० रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १ सय २० रुपियाँ निर्धारण गरिएको छ ।

Advertisement

हिजो भने छापावाल सुन प्रतितोला ९० हजार ७ रुपियाँ, तेजाबी सुन प्रतितोला ९० हजार २ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार १ सय ५० रुपियाँमा कारोबार भएको थियो । गत शुक्रबार भने छापावाल सुन प्रतितोला ९१ हजार ३ रुपियाँ, तेजाबी सुन प्रतितोला ९० हजार ८ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार १सय ६५ रुपियाँमा किनबेच भएको थियो ।  

केही दिनदेखि अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य ओरालो लागिरहेको छ, त्यसैको प्रभाव नेपाली बजारमा समेत परेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement