कामना सेवाको डिवेञ्चर प्रत्याभूतीकर्तामा नागरिक लगानी कोष नियुक्त

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको रु.१,०००/- अंकित दरका १०,००,००० (दश लाख) कित्ताको ऋणपत्र प्रत्याभुतीकर्ताको रुपमा नागरिक लगानी कोष नियुक्त भएको छ । 

डिवेञ्चर प्रत्याभूतीकर्ता सम्झौता–पत्रमा कामना सेवा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका हुन् । 

नेपाल राष्ट बैंकबाट ‘ख’ वर्गको इजाजत पत्रप्राप्त बैंकहरुमा कामना सेवा ऋणपत्र निष्काशन गर्ने पहिलो विकास बैंक बनेको छ भने नागरिक लगानी कोषले ऋणपत्र प्रत्याभुूती गरेको पनि यो प्रथम पटक हो । यस ‘९५ केएसबीबीएल डिबेञ्चर २०८७’ ऋणपत्रको अवधि १० बर्षको रहेको अर्धबार्षिक, ब्याज प्रदान हुने साथै सेबोनको स्विकृति पश्चात यो ऋणपत्र निकट भविष्यमा निष्काशन गरिने विज्ञप्तिमा उल्लेख छ ।

उक्त कार्यक्रममा प्रत्याभूतीकर्ता नागरिक लगानी कोषको मर्चेन्ट बैंक विभाग प्रमुख नारायणप्रसाद घिमिरे, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगाना, निष्काशन विभाग प्रमुख रामकुमार महत तथा निष्काशनकर्ता कामना सेवा विकास बैंक लिमिटेडका जोखिम व्यवस्थापन विभाग प्रमुख प्रदीप पुडासैनी समेतको उपस्थिति थियो ।