वल्र्डलिंक कम्यूनिकेसन्स अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

Advertisement

काठमाडौं । वल्र्डलिङ्क कम्यूनिकेशन्स लिमिटेडले कर्णालीसहित नेपालका विभिन्न भागमा इन्टरनेट सेवाको पहुँच पुर्याइएकोमा डिजिटल अपर्चुनिटी इन्क्लुजन ‘मेरिट पुरस्कार’ जित्न सफल भएको छ । 

वल्र्ड इन्फोरमेशन टेक्नोलोलि एण्ड सर्भिस एलाइन्स (विट्सा)ले मलेशियाको पेनाङमा एक हप्ता अघि आयोजना गरेको २०२० टेकफेष्ट लाईभ रोड–टु–विट्सा मलेशिया हाईब्रिड कार्यक्रमको दोस्रो दिन विभिन्न विद्यामा पुरस्कार घोषणामा वल्र्डलिङ्कले उक्त पुरस्कार जित्न सफल भएको हो । 

Advertisement

कम्पनीले यो पुरस्कार पाउने आफूहरु पहिलो भएको जनाएको छ । सन १९७८ मा स्थापित विट्सा आईसीटी उद्योग संघ सदस्यहरूको एक अग्रणी संस्था हो । यसमा विश्वभरिका ८० भन्दा बढी देशका संस्थाहरू आवद्ध छन् । विट्साका सदस्यहरू विश्व आईसीटी बजारको ९० प्रतिशत भन्दा बढी प्रतिनिधित्व गर्ने जनाइएको छ ।

विश्वव्यपी आईसीटी उद्योगको अग्रणी संघको रूपमा मान्यता प्राप्त भएकोले विट्सा आईसीटीको रूपान्तरणको लागी र उद्योग बृद्धि गर्न उद्देश्यका साथ आईसीटीको विश्वव्यापी अर्थव्यवस्थाको प्रमुख संवाहकको रुपमा काम गर्दै आइरहेकोछ ।

उक्त संस्थाले सदस्य मुलुकमा रहेका उद्योगहरुको प्रभाव र नवीनताको आधारमा विज्ञहरुले उत्कृष्ट उद्योगहरुलाई उम्मेदवारको रुपमा छनौट गर्ने गर्दछ । यसक्रममा वल्र्डलिंक पनि छनौट भएको हो ।

Advertisement

Advertisement