माउन्टेन इनर्जीको आईपीओ बुधबार बाँडफाँट हुने, को को होलान १ लाख ८३ हजार २६ जना भाग्यमानी ?

Advertisement

काठमाडौँ । माउन्टेन इनर्जी नेपालको साधारण शेयर(आईपीओ) बाँडफाँट बुधबार बिहान हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार बिहान १० बजे माउण्टेन इनर्जीको कार्यालय डिल्लीबजार काठमाडौंमा आईपीओ बाँडफाँट हुने भएको हो ।

कम्पनीले १९ करोड ६८ लाख २ हजार ७ सय रुपियाँको प्रति साधारण शेयर रु. १०० अंकित दरको १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर(आईपीओ) कात्तिक २६ गते निष्काशन खुल्ला भई मंसिर ३ गते बन्द भएको थियो ।

Advertisement

कम्पनीले आफ्नो जारी पूँजीको १० प्रतिशत अर्थात १९ करोड ६८ लाख २ हजार ७ सय रुपियाँ बराबको रु. १०० अंकित दरका १९ लाख ६८ हजार २७ कित्ता शेयर मध्ये ३९ हजार ३ सय ६१ कित्ता (२ प्रतिशत) कर्मचारीहरुलाई सुरक्षित गरी र ९८ हजार ४ सय १ कित्ता(५ प्रतिशत) सामुहिक लगानी कोषको लागि बाँडफाँट गरी बाँकी १८ लाख ३० हजार २ सय ६५ कित्ता आईपीओ निष्काशन गरेको हो ।  

कम्पनीको आईपीओमा कुल १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपियाँ बराबरको आवेदन परेको छ । जसमा ६ लाख ७४ हजार जनाले १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताका लागि आवेदन दिएका हुन् । सर्वसाधारको लागि बिक्री खुला गरिएको १८ लाख ३० हजार २ सय ६५ कित्तालाई आधार मान्दा ७.६१ गुणा बढी आवेदन हो ।

माग भन्दा धेरै आवेदन परेको हुँदा गोलाप्रथाबाट १ लाख ८३ हजार २६ जना आवेदकले मात्र १० कित्ताका दरले शेयर पाउने छन् । झण्डै ५ लाखको हात खाली हुने निश्चित छ । केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । माउन्टेनले म्याग्दीको नीलगिरी खोलामा ३८ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  
 
 

Advertisement

Advertisement