राजा वीरेन्द्रले जस्तै ज्ञानेन्द्रले देशका लागि शहीद हुन अब तयार हुनुपर्छः डा. पोखरेल

Advertisement

काठमाडौं । विश्लेषक डा. अम्बरिश पोखरेलले स्वर्गीय राजा बीरेन्द्रले जस्तै राजा ज्ञानेन्द्र शाहले पनि देशका लागि शहीद हुन तयार हुनुपर्ने बताएका छन् । 

सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले देशभक्त हुँदा राजा वीरेन्द्रको हत्या भएको संकेत गर्दै ज्ञानेन्द्र शाहले पनि नेतृत्व लिन तयार छु भनेपछि वीरेन्द्रलाई जसरी हत्या गरिन सक्ने, तर देशका लागि शहीद हुन तयार भएर नेतृत्व लिन ज्ञानेन्द्र शाह अग्रसर हुनुपर्ने धारणा राखेका छन् । 

Advertisement

डा. पोखरेल भन्छन्, के राजा ज्ञानेन्द्र शाहले आफ्नो भौतिक शरीर बलिदान गर्ने हिम्मत गरी बक्सिन्छ, देशको लागि ?’ उनले बुँदागतरुपमा यस्तो भनेका छन्ः 
 
१. इतिहासमा नेपाल राष्ट्रको रक्षा तथा नेपाली जनताको समृद्धिको लागि भनेर थुप्रै वीर नेपालीहरुले आफ्नो जीवनको आहुति दिएका छन् । जानाजान आफूलाई बलिदानी दिएका छन् । 

२. राजा ज्ञानेन्द्र वीर विक्रम शाह देवलाई पनि यो देशको माटो तथा नेपाली जनताको चिन्ता छ भने, आफूलाई क्रमश त्यो दिशामा तयार गर्नुपर्ने अबस्था आउन सक्छ । 

३. बाँचिएछ भने, यो उमेरमा आएर नाफाको जीवन सम्झेर देशको नेतृत्व गर्न सकिन्छ । पाइन्छ । विदेशीहरूको षड्यन्त्र स्वरूप राजा वीरेन्द्रलाई  जसरी कत्लेआम गरियो भने, देशको एउटा महान शहीदको रूपमा मृत्युबरण हुनेछ । 

४. तर महान शहीदको रूपमा अर्थात् हिमाल घर्केसरी मृत्युबरण गर्नको लागि, आफू देश र जनताको निम्ति नेतृत्व लिन तयार रहेको घोषणा पहिला नै गरिसकेको हुनुपर्छ। अन्यथा आन्दोलनकारीहरुलाई धोका हुनसक्छ, अफगानिस्तानमा जस्तै । 

५. हेरौं के गरी बक्सन्छ महाराजले ! कफन बाँधेर औपचारिक रूपमा घोषणा गर्ने ? वा मठ मन्दिर धाएर, खेलौना राजसंस्थाको लागि देवी देवताको भाकल गर्ने ?

पछिल्ला दिनमा राजसंस्था र हिन्दुराज्यको माग गर्दै मुलुकभर आन्दोलन चर्किएपछि राजसंस्था पुनस्थापनाको विषय बहसमा आएको छ । पार्टीका नेताहरु भने राजसंस्था पुनस्थापना गर्न दिने पक्षमा देखिन्न भने स्वतन्त्र बुद्धिजीवी र दल तथा नेताका क्रियाकलाप देखेर निराश भएका जनताहरु भने नेपाल निर्माण गर्ने राजसंस्था पुनस्थापित भइदियोस भन्ने पक्षमा देखिएका छन् । 

Advertisement

Advertisement