कुमारी बैंकका ग्राहकलाई होटेल सांग्रिलामा अब विशेष छुट

Advertisement

काठमाडौं । कुमारी बैंक र लाजिम्पाटस्थित होटेल सांग्रिलाबीच आफ्ना ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा सहकार्य भएको छ । सहकार्यपछि कुमारी बैंकका ग्राहकले सोही होटेल अन्तर्गतका विभिन्न रेष्टुरेन्ट तथा आउटलेटहरुमा खानपिनमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।  

कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्यमार्फत होटेल सांग्रिलाका विभिन्न सेवाहरुमा बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकहरुलाई आकर्षक छुटको व्यवस्था पनि गरेको हो । सोसम्वन्धी सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य तथा होटल सांग्रिलाका तर्फबाट सेल्स तथा मार्केटिङ निर्देशक सांगे तेञ्जिङ्ग लामाले हस्ताक्षर गरेका छन् । 

Advertisement

बैंकको प्रधान कार्यालय टंगालस्थित एक संक्षिप्त कार्यक्रममा आधिकारिक रूपमा उक्त छुट सम्बन्धी सम्झौता गरिएको हो ।  कुमारी बैंकले आफ्ना देशव्यापी १८६ शाखा सञ्जाल, १३८ एटिएम, २२ शाखा रहित बैंकिङ ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको छ । यस्तै आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Advertisement

Advertisement