चिनियाँ यान चन्द्रमामा पुग्यो, फकिँदा दुई किलो माटो लिएर आउने

Advertisement

काठमाडौं । एक हप्ताअघि चन्द्रमामा पठाएको चिनिया यान सफलरुपमा अवतरण गरेको छ । चाङ इ फाइभ नाम दिइएको यो यान मङ्गलबार राति चन्द्र सतहमा सफल अवतरण गरेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । 

चिनियाँ राष्ट्रिय अन्तरीक्ष संस्था सीएनएसएले २४ नोभेम्बरमा प्रक्षेपण गरिएको यान मङ्गलबार राति स्थानीय समय अनुसार ११ बजेर ११ मिनेटमा चन्द्र सतहमा अवतरण गरेको जानकारी दिएको छ ।  अवतरणसँगै यानले काम गर्न थालेको र ४८ घण्टापछि दुई किलो माटो लिएर फर्किने जनाइएको छ । 

Advertisement

त्यसरी ल्याइने माटोको नमुना चन्द्रको बारेमा अध्ययन गर्न, मानवसहितको यान पठाउन तथा चन्द्रमामा मानव वस्ती बनाउने बारेमा संभाव्यता अध्ययन गर्न उपयोगी हुने चिनियाँ बैज्ञानिकहरुले बताएका छन् । यसअघि रुस र अमेरिकाले पनि चन्द्रमाबाट माटो ल्याएका थिए । तर, यति धेरै परिणाममा ल्याउन लागेको पहिलो पटक हो । अमेरिकाले सन् २०२४ मा मानवसहितको यान चन्द्रमामा पठाउने तयारी गरिरहेको बेला चीनले पनि मानवसहितको यान पठाउन तिब्रता दिएको छ । 

Advertisement

Advertisement