च्याम्पियन्स लिगः बार्सिलोना र पीएसजीको सानदार जित

Advertisement

काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत गएराति भएका खेलहरुमा बार्सिलोना र पीएसजीले सानदार जित निकालेका छन् । फ्रेञ्च क्लब पीएसजीले म्यान्चेष्टर युनाइटेडलाई ३।१ गोल अन्तरले पराजित गरेको छ । 

त्यस्तै स्पेनिस क्लब बार्सिलोनाले फेरेन्कभारोसलाई ३।० गोल अन्तरले पराजित गरेका छ । उता, डर्टमुण्ड र लाजियोले भने एक एक गोलको बराबरी खेल्दै अंक बाढेका छन् । 
पीएसजीको जितमा नेइमारले दुई गोल गरे भने मार्क्वीन्नोजले एक गोल गरे । युनाइटेडका लागि भने रासफोर्डले सान्त्वना गोल गरेका थिए । 

त्यस्तै, बार्सिलोनाका लागि ग्रीजम्यान, ब्रेथवेट र डेम्बलेले एक एक गोल गरेका थिए । डर्टमुण्ड र लाजियोले भने एक एक गोल गर्दै अंक बाढेका छन् । 
 

Advertisement

Advertisement

Advertisement