सुनको मूल्य तीन दिनमै प्रतितोला २ हजार ६ सय रुपियाँ बढ्यो

Advertisement

काठमाडौँ । तीन दिनदेखि सुनको मूल्य लगातार उकालो लागिरहेको छ । मंगलबार र बुधबार प्रतितोला ५-५ सय रुपियाँ बढेको सुनको मूल्य आज एकैदिन प्रतितोला १ हजार ६ सय रुपियाँ बढेको हो ।

त्यसैगरी मंगलबारप्रतितोला ३५ रुपियाँ बढेको चाँदीको मूल्य हिजा बुधबार प्रतितोला ३० रुपियाँ बढेको थियो भने आज पनि प्रतितोला २० रुपियाँ बढेको छ । 

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय ५० रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ५ रुपियाँ निर्धारण गरिएको छ ।

हिजो भने छापावाल सुन प्रतितोला ९१ हजार रुपियाँ, तेजाबी सुन प्रतितोला ९० हजार ५ सय ५० रुपियाँ र चाँदी प्रतितोला १ हजार १ सय ८५ रुपियाँमा कारोबार भएको थियो । 

केही दिनदेखि अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य ओरालो लागे पनि तीन दिनदेखि उकालो लागेकाले त्यसैको प्रभाव नेपाली बजारमा समेत परेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement