छिमेकीसँगको हाम्रो सम्वन्ध पछिल्ला वर्षहरुमा व्यापक बद्लाव आएको छः भारतीय विदेशमन्त्री

Advertisement

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले छिमेकसँगको सम्बन्धमा पछिल्ला वर्षहरुमा व्यापक बद्लाव आएको दाबी गरेका छन् । भारतीय पत्रिका द हिन्दुलाई दिएको अन्तरवार्तामा उनले छिमेकीहरुसँगको आफ्नो सम्वन्धमा निकै परिवर्तन आएको स्वीकार गरेका हुन् । नेपालको सन्दर्भमा भने जयशंकरले पछिल्ला दिनमा सम्वन्ध सुधार हुँदै गएको जिकिर गरेका छन् । 

उनका अनुसार विगतमा नेपालसँग केही असमझदारीहरु भए पनि पछिल्ला दिनमा समझदारी विकास हुँदै गएको बताउँदै भनेका छन्, ‘कुनै बेला हामीबीच केही समस्या थियो तर, अहिले प्रस्ट रुपमा देख्न सक्छौं, पछिल्ला केही सातामा भारत र नेपालले मिलेर अगाडि बढ्ने निर्णय गरेका छन् ।’

Advertisement

अहिलेको संविधान जारी गर्ने बेला भारतीय प्रधानमन्त्रीका दूतका रुपमा नेपाल आएका जयशंकरले संविधान जारी गर्न केही समय पर्खिन आग्रह गरेका थिए । नेपालका नेताहरुले नमानेपछि भारतले छ महिना लामो अघोषित नाकाबन्दी लगाएको थियो । नेपालले नयाँ नक्सा जारी गरेपछि रुष्ट रहेको भारत पछिल्लो दिनमा सम्वन्ध सुधारका लागि अग्रसर देखिएको छ । भारतले चासो बढाएपछि चिनियाँ पक्षले पनि आफ्नो प्रभाव बढाउँदै लगेको छ । 

अन्तरवार्तामा जयंशकरले छिमेकीहरुबीच समस्या हुनु सामान्य हो भन्दै अधिकांश छिमेकीहरुमा लोकतान्त्रिक व्यवस्था रहेकोले आ–आफ्ना हिसाबले राजनीति गर्ने गरेको, जसका कारण समेत विवाद देखिने गरेको तर्क गरेका छन् । 

Advertisement

Advertisement