वालिङ नगरपालिकाको राजश्व अब खल्तीबाटै तिर्न सकिने

Advertisement

काठमाडौं ।अब स्याङ्जा अवस्थित वालिङ नगरपालिकाका बासिन्दाले राजस्व आफ्नो फोनबाटै ‘खल्ती डिजिटल वालेट’ एप डाउनलोड गरी बुझाउन सक्ने भएका छन्। खल्ती डिजिटल वालेटले वालिंङ नगरपालिकासँग सो सम्बन्धि सम्झौता गरेको छ ।

नगरपालिकाका बासिन्दाले सम्पत्तिलगायतका विभिन्न प्रकारका राजस्व तथा सेवा लिए वापत सेवा शुल्क भुक्तानी गर्नुपर्छ । सो शुल्क ‘खल्ती’ का ग्राहकले प्जबतिष्।अयm वेबपेज वा मोबाइल एपमा रहेको सरकारी सेवा मेनुमा गइ वालिंङ नगरपालिका ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन् । सेवाग्राहीको भिड भइरहने नगरपालिकामा मोबाइलमा रहेको खल्ती एपबाटै शुल्क भुक्तानी गर्न सकिने भएपछि वालिंङ नगरपालिकाका बासिन्दालाई निकै सहज हुने नगरपालिकाको अपेक्षा छ । 

Advertisement

“डिजिटल नेपाल, समृद्धिको महाअभियान” नारा भएको खल्ती डिजिटल वालेटका संस्थापक तथा डाइरेक्टर अमित अग्रवाल यस सम्झौताले डिजिटल नेपालको सपना पुरा गर्ने तर्फ खल्ती एक पाइला अझ नजिक पुगेको विश्वास गर्छन् । खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो, जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । 

Advertisement

Advertisement