ब्रोकर कमिशन घटाउन माग गर्दै लगानीकर्ताले घेरे धितोपत्र बोर्ड

Advertisement

काठमाडौँ । ब्रोकर कमिशन घटाउन माग गर्दै पूजी बजारका लगानीकर्ता सम्बद्ध संघहरुले आज नेपाल धितोपत्र बोर्ड घेराउ गरेका छन् । नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजी बजार संघ र शेयर लगानीकर्ता दबाव समूह सम्बद्ध लगानीकर्ताहरुले घेराउ गरेका हुन् । 

ब्रोकर कमिशन घटाउनका लागि दबाव सृजना गर्ने उदेश्यले कार्यक्रम गरिएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए । राखिएको पनि बताए । लगानीकर्ता सम्वद्ध संघहरुले ब्रोकर कमिसन ०.२५ प्रतिशत मात्रै कायम गर्नुपर्ने माग राख्दै आएका छन् ।शेयर बजारमा कारोबार रकम बढेकाले अब पनि ब्रोकर कमिशन नघाटाइनु लगानीकर्तामाथी अन्याय भएको उनीहरुले आरोप लगाउँदै आएका छन् । 

Advertisement

यसैक्रममा लगानीकर्ता सम्बद्ध संघसंस्थाहरुले आजै बोर्डका डेपुटी कार्यकारी निर्देशक मुक्ति श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका छन् । ब्रोकर कमिशन घटाएर लगानीकर्ताहरुको लागत कम गरी लगानीकर्ताहरुलाई पूँजी बजारमा लगानी गर्न प्रोत्साहन गर्नु पर्ने ज्ञापन पत्रमा उल्लेख छ । 

ज्ञापन पत्र बुझ्दै बोर्डका डेपुटी कार्यकारी निर्देशक श्रेष्ठले ब्रोकर कमिशन घटाउने सम्बन्धी अध्ययन प्रतिवेदन नै तयार पारिसकेको र निकट भविष्यमै ब्रोकर कमिशन पुनरावलोकन हुने प्रतिक्रिया दिए । बोर्डका कार्यकारी निर्देशक निरज गिरीले समेत यस सम्बन्धमा अध्ययन प्रतिवेदन तयार भइसकेकाले छिट्नै निर्णय लिइने बताए ।  

 

 

Advertisement

Advertisement