बाणिज्य बैंकहरुले कृषिमा पाँच अर्ब रुपियाँ लगानी गर्नैपर्ने

Advertisement

काठमाडौँ । चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले तोकिदिएको निर्देशन पालना गर्नकै लागि पनि २७ वाणिज्य बैंकले कृषि क्षेत्रमा मासिक करिब सवा ५ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्नुपर्ने भएको छ ।

२०७८ असारसम्म हरेक वाणिज्य बैंकले आफ्नो कुल कर्जाको न्यूनतम ११ प्रतिशत लगानी कृषिमा लगाउनुपर्ने राष्ट्र बैंकको निर्देशन छ । गत असोजमा बैंकहरूको कुल कर्जाका आधारमा यो ३ खर्ब ३३ करोड रुपियाँ हो ।

Advertisement

गत असोजसम्म बैंकहरूको कुल कर्जाको साढे ९ प्रतिशत (२ खर्ब ८८ अर्ब रुपैयाँ) लगानी कृषिमा छ । बाँकी ९ महिनामा वाणिज्य बैंकले थप करिब साढे ४५ अर्ब रुपैयाँ कृषि कर्जा प्रवाह गर्नुपर्ने देखिन्छ । जसअनुसार वाणिज्य बैंकहरूले मासिक करिब सवा ५ अर्ब रुपैयाँ कृषि कर्जा प्रवाह गर्नुपर्छ । गत असोजसम्म वाणिज्य बैंकहरूको कुल लगानी ३० खर्ब ३५ अर्ब रुपैयाँ छ । असोजयता पनि बैंकहरूको कुल लगानी बढेको छ । लगानी बढेअनुसार बैंकको कृषि कर्जामा प्रवाह गर्नुपर्ने रकम पनि बढ्नेछ ।

राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकले २०८० असारसम्म कुल कर्जाको न्यूनतम १५ प्रतिशत अनिवार्य रूपमा कृषिमा लगानी गर्नुपर्ने प्रावधान छ । जसमध्ये २०७८ असारसम्म न्यूनतम ११ प्रतिशत र २०७९ असारसम्म १३ प्रतिशत लगानी कृषिमा गर्नुपर्नेछ । 

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement