सरकारले बेवास्ता गरेपछि आफै हल खोल्ने निर्णयमा पुग्यो चलचित्र संघ

Advertisement

काठमाडौँ । सरकारले सिनेमा हल खोल्ने चासो नदिएपछि नेपाल चलचित्र संघले आफै खोल्ने निर्णय गरेको छ । सरकारलाई चुनौति दिँदै संघले आगामी पुस १० देखि फिल्म हल सञ्चालनमा ल्याउने स्वघोषणा गरेको हो । लामो समयसम्म हल बन्द हुँदा निकै समस्यामा परेका चलचित्र हल सञ्चालकहरुको दबाबपछि संघले यस्तो  निर्णय गरेको हो । 

कोरोना जोखिमका कारण बन्द गरिएका हल ९ महिना बितिसक्दा पनि सरकारले खोल्न आनाकानी गर्दै आएको छ । सरकारले पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाई नगरेको आफूहरु दिनप्रतिदिन झन समस्यामा पर्दै आएको गुनासो गर्दै व्यवसायीहरुले आफूहरुले विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको मापदण्ड अपनाएर हल सञ्चालन गर्ने बताएका छन् । 

Advertisement

Advertisement

Advertisement