जाडो र गर्मी दुवै मौसममा प्रयोग गर्न मिल्ने सिजीका एसीहरु बजारमा

Advertisement

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले जाडो र गर्मी दुवै मौसममा प्रयोग गर्न मिल्ने, कम विधुत खपतका एसीहरु बजारमा ल्याएको छ । 

सबै किसिमको मौसममा उपयुक्त हुने एसी अहिले बढ्दो जाडोलाई मध्यनजर गर्दै उपलब्ध गराएको कम्पनीले जनाएको छ । साथै, सिजीले हालै आफ्ना सबै ग्राहकहरुका लागि ‘हर मौसममा बचत’ नामक योजना पनि ल्याएको छ । 

Advertisement

यस योजनाको उद्देश्य जाडो याममा जीवन सरल, सहज बनाउदै विधुतमा पनि बचत गराउनु रहेको कम्पनीको भनाई छ । अधिक एसीको प्रयोगले गर्दा जाडो मौसममा विद्युतको शुल्क अधिक आउने गरेको र यसले ग्राहकहरुलाई जाडो सहनुपर्ने वा चर्को शुल्क तिर्न वाध्य बनाउछ । 

तर सिजी इन्भर्टरका एसीका साथ यस जाडोमा ग्राहकहरुले न्यानो प्राप्त गर्नेछन भने विधुतमा बचत पनि गर्नेछन् । सिजी ब्राण्डका इन्र्भटर एसीहरु किफायती दाममा सर्बत्र बजारमा उपलब्ध रहेको जनाउँदै कम्पनीले जाडोमा प्रयोग हुने आफ्ना घरायसी समानहरु उच्च गुणस्तरको, भरपर्दो र टिकाउ रहेको पनि जनाएको छ । 

सिजीका एसीहरु तीन प्रकारमा विभाजन गरिएको छ, जसमा इन्र्भटर वाल माउन्ट, स्प्लिट टाईप एसी, अन अफ वाल माउण्न स्प्लिट टाईप एसी र सिलिङ क्यासेट टाईप एसी रहेका छन् । यी एसीहरु ०.७५ टनदेखि ३.० टनसम्म उपलब्ध छन् । 

सिजीका एसीहरुमा ५ वर्षको वारेण्टी पाउनुका साथै काठमाडौं क्षेत्र भित्रमा २४ घण्टा भित्र नै जडान गरिदिने व्यवस्था पनि रहेको छ ।

Advertisement

Advertisement