एक महिनामै पाँच अर्बको चामल आयात

Advertisement

काठमाडौं । कृषिप्रधान देश नेपालले एक महिनामै ५ अर्बको चामल आयात गरेको छ । चालू आर्थिक वर्षको कात्तिक महिनासम्म १३ अर्ब रुपियाँको चामल आयात गरेको नेपालले मंसिर एक महिनामा नै ५ अर्ब रुपियाँको थप चामल आयात गरेर १८ अर्ब रुपियाँको चामलमात्र आयात गरेको हो । 

नेपाली नागरिकको खानपिनलाई लक्षित गर्दै कृषि सचिवले संसदीय समितिमा नै भात खाने बानीले चामल आयात बढी भएको जिकिर गरेका भए पनि कृषि मन्त्रालयले यसमा अध्ययन नै गर्नुपर्ने देखिन्छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि १८ अर्ब १९ करोड ६५ लाख ९५ हजार रुपियाँबराबरको चामल मात्र आयात भएको भन्सार विभागको तथ्यांक छ । 

Advertisement

एकातिर सरकार खाद्यान्नमा मुलुक आत्मनिर्भर बन्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्छ भने अर्कातिर स्थानीय उत्पादनले माग धान्न नसकेपछि ठूलो परिमाणमा चामल आयात भएको जनाइएको छ । साथै, चालू आर्थिक वर्षको पाँच महिनामै नेपालमा ३३ अर्ब ३ करोड ९३ लाख ५४ हजार रुपियाँको चामल, गहुँ, मकै, कोदो, जौलगायत खाद्यान्न आयात हुँदा नेपालीको खाने बानी मात्रै दोषी हो वा सरकारको अध्ययन नै नभएको हो, यसमा गम्भीरतापूर्वक विश्लेषण गर्नुपर्ने देखिन्छ । 

चालू आर्थिक वर्षको चार महिनामा २५ अर्ब रुपियाँको खाद्यान्न आयात भएकोमा पछिल्लो एक महिनामा थप ८ अर्बभन्दा बढीको खाद्यान्न आयात भएको भन्सारको तथ्यांकले देखाएको छ ।

कारोबार दैनिकबाट ।

Advertisement

Advertisement