कोरोना कहरमा पनि यी पाँच अर्बपतिले कमाए ३१० अर्ब डलर

Advertisement

काठमाडौं । जहाँ कोरोना महामारीका कारण कैयौं व्यवसायीको कारोबार घाटामा गयो, बन्द गर्नुपर्ने अवस्था आइलाग्यो, त्यहि केहि मानिसले भने पहिले भन्दा धेरै कमाउन सफल रहे । सन २०२० मा आम मानिसका लागि मुस्किलले भरिएको वर्ष बन्यो । दुनियाँ भरमा कोरोनाका कारण १६ लाख भन्दा बढी नागरिकको मृत्यु भयो ।

आर्थिक संकटका कारण व्यवसायहरु बन्द भएका छन् भने लाखौं करोडौं रोजगारी गुमेको छ । तर केहि धनीहरुका लागि अवस्था त्यति खराब रहेन् । दुनियाँका अरबपतिमध्ये ६० प्रतिशतले सन सन २०२० मा थप धन कमाए । तिमध्ये पनि पाँच जना यस्ता धनी छन् जसको कुल सम्पति महामारी कालमा ३१०.५ अर्ब डलर पुग्यो ।
 
एलन मस्क, टेस्लाका सह संस्थापक तथा सिइओ
स्पेश एक्सका संस्थापक तथा टेस्लाका सिइओ एलन मस्कको सम्पति २०२० मा १४० अर्ब डलर थपिएको छ  । ब्लुमबर्गका अनुसार गत सोमबार उनको कुल सम्पति १६७००० मिलियन डलर(एक खर्ब ६७ अर्ब डलर) पुगेको छ । त्यसका अलवा मस्क अरबपतिहरुको सूचिमा कैयौं स्थान माथि उक्लेर नोभेम्बरमा बिल गेट्सलाई पनि उछिन्दै दोस्रो स्थानमा पुगेका छन् । उनी भन्दा माथि अमेजनका संस्थापक जेफ बेजोस मात्रै छन् । फोर्ब्सका अनसुार अरबपतिहरुको सूचि प्रकाशित गर्न सुरु गरेपछि अहिलेसम्म एकै वर्षमा यति धेरै धन कमाउने मस्क नै हुन् । 

मस्कको कम्पनी टेस्ला एक विद्युतिय कार निर्माता कम्पनी हो । २०२० मा टेस्लाका कारणहरुको बिक्रिले रेकर्ड कायम गरेको छ । मस्कको अर्काे कम्पनी स्पेश एक्सको पनि प्रति भयो र अन्तरिक्षमा एस्ट्रोनाँट पठाउने पहिले निजी कम्पनी बन्न सफल भयो । 

जेफ बेजोस, अमेजनका संस्थापक तथा सिइओ
जेफ बेजोस त्यस्तो व्यक्ति हुन जसले सन २०२० को सुरुवाति दिनमा दुनियाँको सबै भन्दा धनी व्यक्ति बनेर गरेका थिए र अन्त्य पनि त्यसरी नै गरे । बेजोस केबल अनलाइन सपिङ प्लेटफर्म अमेजनका संस्थापक मात्रै होइनन्, अमेरिकी अखबार द वासिङटन पोष्टका मालिक पनि हुन् । उनले २०२० मा आफ्नो सम्पति ७२ अर्ब डलर थपेका छन् । कोरोना महामारीका कारण अनलाइन किनमेल बढेसँगै बेजोसको आम्दानी पनि बढेको हो । लकडाउनमा पसलहरु बन्द थिए, तब अमेजनले घर घरमै समान पुर्याउँथ्यो । 

केहि महिना अघि बेजोसको कुल सम्पति २०० अर्ब डलर माथि पुगेको थियो । यद्यपी अहिले उनको कुल सम्पति १८७ अर्ब डलर छ । बेजोसले समाजिक कार्यहरुमा पनि हात हाल्दै फेब्रुअरीमा १० अर्ब डलर जलवायु परिवर्तनसँग जुध्न दान दिएका थिए । नोभेम्बरमा ८० करोड डलर रुपैयाँ पर्यावरणमा काम गर्ने संस्थाहरुलाई दिएका थिए । बेजोसकी पूर्व पत्नि मैकेंज स्काटले ले पनि सन २०२० मा ५.८ अर्ब डलर गैर सरकारीलाई दान दिएकी थिइन् । 

जोङ सनसन, नो फु स्प्रिङका संस्थापक 
ब्लुमबर्गका अनुसार सन २०२० मा जोङ सनसनको कुल सम्पति ६२.६ अर्ब बढेको छ । सेप्टेम्बरमा जोङ सनसन चीनको सबै भन्दा धनी व्यक्ति बनेका थिए । उनको पानी कम्पनी नो फु स्प्रिङको सार्वजनिक बिक्रि सुरु गरिएको थियो । तब उनले १.२ अर्ब डलर भनदा बढी कमाई गरेका थिए । नो फु स्प्रिङको संस्थापना सन १९९६ मा भएको थियो जो एसियाको बोटलको पानी बजारमा पाँचौं हिस्सा ओगट्छ । उनको कम्पनीको मूल्य ७० अर्ब डलर छ ।

६६ वर्षका जोङ सनसन नै कम्पनीको ८४ प्रतिशत सेयरका मालिक हुन् । जसको सेयर मूल्य करिब ६० अर्ब डलर हुन्छ । यसैका कारण जोङ सनसनले टेनसेन्टसका पोनी मा र अलिबाबाका ज्याक मालाई उछिनेर चीनको सबै भन्दा धनी व्यक्ति बन्न सफल भए । जोङ सनसन भ्याक्सिन निर्माता बेइजिङ वाँन्टा बायालोजिकल फार्मेसीका मालिक पनि हुन् । यो कम्पनीले कोभिड १९ का लागि नाकबाट लिइने स्प्रे बनाईरहेको छ, जो नोभेम्बरमा दोश्रो चरणको ट्रायलमा थियो । 

बर्नार्ड आर्नोल्ट, एलभीएमएच ग्रुपका मालिक
फ्रान्सका बर्नार्ड आर्नोल्ट आफे देशका सबै भन्दा धनी व्यक्ति हुन् । उनलाई फोर्ब्सले दोस्रो नम्बर र ब्लुमबर्गले चौथो नम्बरमा राखेको थियो । बिलासिताका समान निर्माण गर्ने एलभीएमएचका मािलक आर्नोल्टको कुल सम्पति १४६.३ अर्ब डलर पुगेको छ । उनले सन २०२० सालमा पनि आफ्नो सम्पति ३० प्रतिशतले वृद्धि गर्न सफल भएका छन् । कोरोनाका कारण टिफनी एण्ड कम्पनीलाई खरिद गर्ने योजना अस्थायी रुपमा रोकिएको छ । अक्टोबरमा १५.८ अर्ब डलरमा सो कम्पनी खरिद गर्ने सम्झौता भएको थियो । यो त्यसअघि गरिएको मुल प्रस्ताव भन्दा ४० करोड डलर कम थियो । बिलासिताका समान उत्पादन तथा बिक्रिमा निरन्तर गिरावट आउँदा पनि ३० प्रतिशत कमाई बढाएर कम्पनीले सबैलाई चकित बनाईदिएको छ । 

डैन गिलबर्ट, राकेट कम्पनीका अध्यक्ष 
५८ वर्षका गिलबर्ट क्लीवल्याण्ड कैवेलियर्सका मालिक हुन र अनलाइन मार्टेज कम्पनी क्विकन लोन्सका सह संस्थापक हुन् । ब्लुमबर्गको तथ्यांक अनुसार सन २०२० मा उनको कुल सम्पति २८.१ अर्ब डलरले बढेको छ । अब उनको कुल सम्पति ३५.३ अर्ब डलर पुगेको छ । यसको कारण भनेको क्विकन लोन्सको मातृ कम्पनी रकेट कम्पनीले अगष्टमा सेयर तथा वित्तिय साधनहरुको बिक्रि सुरु गरेको थियो । गिलबर्टसँग रकेट कम्पनीको ८०  प्रतिशत हिस्सा छ । जसको मुल्य ३१ ऋर्ब डलर हुन्छ । गिलबर्टको कुल सम्पति एक् वर्षमा ६ गुणाले बढेको छ जसको कारण क्विकन लोन्सको आइपीओ नै हो । 

Advertisement

Advertisement

Advertisement