अनलाइन व्यवसायलाई व्यवस्थित गर्न कानुन बनाउने तयारी, सरोकारवालासँग सुझाव माग

Advertisement

काठमाडौं । अनलाइन (विद्युतीय) व्यवसायलाई नियमन र व्यवस्थित गर्नका लागि कानुनको मस्यौदा तयार भएको छ । लकडाउनपछि अनलाइन व्यापार अप्रत्यासित ढंगले विस्तार भएसँगै त्यसलाई नियमन र व्यवस्थापन गर्नका लागि कानुन तयार गरिएको हो ।

सूचना प्रविधिको उपयोगितासँगै व्यापारिक कारोबारलाई विस्तार, गर्न व्यापार प्रणालीलाई सरल, प्रविधिमैत्री, विश्वसनीय बनाई विद्युतीय माध्यममार्फत वस्तु वा सेवाको बिक्री संरक्षित राख्नका लागि बनेको विधेयकको मस्यौदा तयार गरिएको हो । मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले अनलाइन व्यवसायलाई व्यवस्थित र नियमन गर्नका लागि कानुनको मस्यौदा तयार गरी सरोकारवाला निकायसँग राय माग गरिएको जानकारी दिइन् ।

Advertisement

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा तयार गरेर सरोकारवाला निकायसँग राय सुुझाव माग गरेको छ । राय सुझाव समावेश गरेर कानुनको मस्यौदालाई अन्तिम रूप दिने मन्त्रालयले जानकारी दिएको छ । विद्युतीय व्यापार गरी नेपालमा उपलब्ध गराएको बस्तु वा सेवा उपलब्ध गराउने नेपालबाहिर रहेको व्यक्ति फर्म वा संगठित संस्थालाई समेत यो ऐन लागू हुने छ ।

कारोबार दैनिकबाट ।

Advertisement

Advertisement