भिभो वाई–ट्वान्टीको नयाँ स्मार्टफोन नेपालमा, दिर्घायु ब्याट्रि र एआई ट्रिपल म्याक्रो क्यामेरा साथमा

Advertisement

काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्राण्ड, भिभोले आफ्नो नयाँ स्मार्टफोन वाई–ट्वान्टीको नयाँ भेरियन्ट स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । पाँच हजार एमएएच को दिर्घकालिन ब्याट्रिको क्षमता रहेको यो फोनमा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) ट्रिपल म्याक्रो क्यामेरा, म्याक्रो र बोके क्यामेरा, सेल्फी फिचरहरु साथै थुप्रै क्यामेरा विशेषताहरु रहेको भिभो नेपालले जनाएको छ । 

यी क्यामेरा विशेषताहरुले उपभोक्ताको जिन्दगीको पलहरु प्र्याप्त विवरण र पूर्णताको साथ कैद गर्न सक्ने कम्पनीको भनाई छ । भिभो वाई–ट्वान्टीको मुख्य आकर्षण यसको एआई पावर सेभिङ प्रविधि रहेको लामो टिकाउ ब्याट्रि क्षमता रहेको छ जसबाट रिभर्स चार्जिङ पनि गर्न सकिन्छ । 

Advertisement

यस फोनमा साईड–माउन्टेड फिन्गरप्रिन्ट स्क्यानर पनि रहेको छ । यो नयाँ विशेषताले एक सेकेण्ड भन्दा पनि कममा फोन अनलक गर्दछ ।

युवापुस्तालाई लक्षित गरिएको भिभोको वाई सिरिज यसको नवीन प्रविधि र सुरुचिपूर्ण डिजाईनका लागी प्रख्यात मानिन्छ । यसले प्रविधिप्रेमी युवाहरुको दिनहुँ जीवनलाई समर्थन गर्ने र ग्राहक केन्द्रित डिजाईन र नवीनताप्रति आफ्नो प्रतिबद्धता राख्ने भिभोको भनाई छ । 

हालै सुरु गरिएको भिभो वाई–ट्वान्टी  हल्का वजन, पातलो र आकर्षक २.५ डी आकार रहेको एक स्मार्टफोन हो । युवा प्रयोगकर्ताहरुको दैनिक जीवनशैलीलाई पूर्ण रुप दिन यो फोन दुई रङः ओबसिडियन ब्ल्याक् र नेबुला ब्लुमा उपलब्ध छ । वाई–ट्वान्टीमा प्रयोगकर्ताहरुलाई सहजता प्रदान गर्ने साईड–माउन्टेड फिन्गरप्रिन्ट स्क्यानर फिचर रहेको छ जसले फोन अनलक गर्ने अनुभनलाई थप सहज बनाउँछ । 

थप सुरक्षाका लागी, प्रयोगकर्ताहरुले फिन्गरप्रिन्ट स्क्यानर र मोडर्न फेस–वेक फिचर प्रयोग गर्न सक्छन् । साथै, वाई–ट्वान्टीको रियर एआई ट्रिपल क्यामेरामा १३ एमपी प्लस २ एमपी म्याक्रो क्यामेरा र २ एमपी बोके फिचर रहेको छ । यसबाट प्रयोगकर्ताहरुले विभिन्न परिप्रेक्ष्यबाट तस्बिरको गुणस्तरमा सम्झौता नगरी उत्कृष्ट तस्बिरहर लिन सक्ने कम्पनीको भनाई छ ।

प्रयोगकर्ताको आँखाको सुरक्षालाई ध्यानमा राख्दै तयार गरिएको स्क्रिनले चलचित्र हेर्ने र हाई डेफिनिसन गेमहरु खेल्ने अनुभवलाई पूर्णता प्रदान गर्ने जनाइएको छ । वाई–ट्वान्टीमा शक्तिशाली क्वालकम् स्न्यापड्रागन प्रोसेसरको साथमा ४ जीवी र्याम्प प्लस ६४ जीवी स्टोरेज स्पेश (२५६ जीबीसम्मको माइक्रो एसडी कार्ड क्षमता) रहेको छ । 

यस फोनमा अल्ट्रा–गेम मोड पनि रहेको छ जसले अविरल र रमाईलो गेमिङ अनुभव सुनिश्चित गर्नको लागी सुविधा प्रदान गर्दछ । वाई–ट्वान्टीको सुरुवातमा मार्स भन्छन्, ‘हाम्रो वाई सिरिज परिवारलाई थप सुदृढ बनाउन वाई–ट्वान्टीको नयाँ भेरियन्ट स्मार्टफोन भित्राएका छौ, जसमा विभिन्न क्यामेरा फिचरहरु, दिर्घायु ब्याट्रि, आकर्षक रङ र अल्ट्रा–गेम मोड रहेको छ ।’ 

उनका अनुसार यी विशेषताले प्रयोगकर्ताहरुलाई सरदर मूल्यमा एक पूर्ण स्मार्टफोन अनुभव दिलाउँछ । एक प्रगतिशील युवा–केन्द्रित ब्राण्डको रुपमा, प्रतिस्पर्धी मूल्य विन्दुहरुमा नवीन प्रविधिका स्टाईलिश स्मार्टफोनहरु उत्पादन गर्नका लागी आफूहरु निरन्तर कोशिसमा रहेको मार्स बताउँछन् । 

नयाँ भिभो वाई–ट्वान्टी बिहीबारदेखि नेपालभरको रिटेल आउटलेटहरुमा उपलब्ध भएको छ । यसको मूल्य २२ हजार ७९९ रुपियाँ रहेको छ ।

Advertisement

Advertisement