विद्युत प्राधिकरण भन्छ- लोडसेडिङ गरेको छैन, गर्न जरुरी पनि छैन

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ अन्त्य भइसकेको र फेरि लोडसेडिङ गर्नुपर्ने जरुरी नरहेको बताएको छ । पछिल्ला दिनमा अघोषित लोडसेडिङ सुरु भएको भन्दै प्राधिकरणको आलोचना हुन थालेपछि उसले बिहीबार विज्ञप्ति निकालेर लोडसेडिङ गर्नुपर्ने जरुरी नरहेको बताएको छ । 

विगत दुई–तीन दिनदेखि विशेषगरी बेलुकीको समयमा झ्याप्प झ्याप्प बत्ति जान थालेपछि कुलमानको अभावका कारण अघोषित लोडसेडिङ सुरु भएको भन्दै सामाजिक सञ्जालहरुमा प्राधिकरणको आलोचना भइरहेको थियो । 

Advertisement

प्राधिकरणले विभिन्न कारणले विद्युतका पोलहरु सार्न, ट्रान्सफर्मर प्रतिस्थापन गर्न, वितरण प्रणालीका पूराना संरचनाहरु मर्मत संभार तथा बदली गर्ने जस्ता निरोधात्मक र विद्युत प्रवाह भइरहेका संरचनाहरुमा आउने प्राकृतिक वा आकस्मिक समस्याहरुको समाधान गर्ने क्रममा केही ठाउँमा विद्युत आपूर्ति कटौती गरेर तत्कालै मर्मत गरी आपूर्ति सहज गर्ने गरिएको जनाएको छ । 


 

Advertisement

Advertisement