‘युथ म्युजिक कन्टेस्ट २०२१’ को प्रायोजन सिभिल बैंकले गर्ने

Advertisement

काठमाडौँ । दया फाउन्डेसनले नयाँ वर्षको अवसर पारेर युवाहरुलाई लक्षित गर्दै ‘युथ म्युजिक कन्टेस्ट २०२१’ नामक सांगीतिक प्रतिष्प्रर्धात्मक कार्यक्रमको आयोजन गर्दैछ । जसको मुख्य प्रायोजन सिभिल बैंकले गर्ने भएको छ । 

प्रतियोगितामा आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।  प्रथम, दोश्रो तथा तेश्रो पुरस्कार क्रमशः रु २५,०००/–, रु १५,०००/– र रु १०,०००/– छ । 

Advertisement

कार्यक्रममा १५ वर्ष देखी २८ वर्षसम्मका युवाहरुले सहभागी हुन पाउनेछन् । इच्छुक प्रतियोगीहरूले मोवाइल एप्लिकेशनहरु जस्तै स्टारमेकर, स्म्युल, इत्यादि अथवा आफैले वा समूहमा वाद्य यन्त्र बजाएर गाईएको गीत (अधिकतम लम्बाइ ५ मिनेट सम्मको) ‘युथ म्युजिक कन्टेस्ट २०२१’ फेसबुक ग्रुपमा अपलोड गर्नुपर्नेछ । 

प्रतिस्पर्धीले कुनै पनि भाषाको गीत गाउन सक्ने छन् यद्दपी नेपालको विभिन्न मौलिक भाषामा गाईएका गीतलाई भने प्राथमिकता दिइनेछ । नयाँ प्रतिभावान युवा गायक तथा गायिकाहरुलाई प्रोत्साहन गर्न यो प्रतियोगिता आयोजना गरिएको हुनाले नवप्रतिभाहरुलाई बिशेष प्राथमिकताका साथ सहभागिताका लागि आव्हान गरिएको छ । 

पहिलो चरणको गीत अपलोड जनवरी १२ तारिक सम्म गर्नु पर्नेछ । निर्णायक मण्डलद्वारा गायकीको स्तर मापन पश्चात जनवरी १५ तारिकमा कुल २१ प्रतिस्पर्धीहरुको छनौट गरिनेछ । ती २१ प्रातिस्पर्धीहरुले दोस्रो चरणको गीत जनवरी १८ तारिक सम्म अपलोड गरिसक्नु पर्नेछ । अन्तिम चरणमा ‘युथ म्युजिक कन्टेस्ट २०२१’ का विजेताहरूको घोषणा ७०% ‘युथ म्युजिक कन्टेस्ट २०२१’ को फेसबुक ग्रुप मार्फत प्राप्त लाईकको आधारमा र ३०% निर्णायक मण्डलद्वारा प्रदान गरिएको अंकको भारित औसतको आधारमा गरिनेछ । 

दया फाउन्डेसनको तीन मुलभूत उद्देश्य; शिक्षा, स्वास्थ्य तथा संस्कृति मध्ये यो कार्यक्रमले नेपाली संस्कृतिलाई योगदान पु¥याउने कुरा दया फाउन्डेसनका संस्कृती क्षेत्रका संयोजक नीभा माथेमा प्रधानले बताइन् । हाल कोरोनाको कहरको कारणले गर्दा युवाहरु माझ ब्याप्त मानसिक तनाबलाई न्यूनिकरणका लागि पनि यो सांगीतिक कार्यक्रमको आयोजना गरिएको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले बताए । 

Advertisement

Advertisement