ग्लोबल आइएमई लघुवित्तको निमित्त सीईओमा हरिकृष्ण जोशी नियुक्त

Advertisement

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा हरिकृष्ण जोशी नियुक्त भएका छन् । 

विहीबार बसेको सञ्चालक समितिको बैठकले संस्थाका नायम प्रमुख कार्यकारी अधिकृत जोशीलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । 

Advertisement

संस्थाका सीईओ किरण कुँबरको करार पदावधि पुस १६ गते समाप्त भएपछि सोही दिनदेखि लागु हुने गरी जोशीलाई निमित्तको जिम्मेवारी दिइएको हो । 
साथै सञ्चालक समितिले जोशीलाई नै कम्पनी सचिवमा नियुक्त गरेको छ । 
 

Advertisement

Advertisement