एकमुष्टरुपमा प्रदान गरिने पुनरकर्जाको लागि राष्ट्र बैंकले माग्यो आवेदन

Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ट रुपमा प्रदान गरिने पुनरकर्जाको लागि आवेदन माग गरेको छ । राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले आज सूचना प्रकाशित गरी आवेदन माग गरेको हो ।

राष्ट्र बकैं पुनरकर्जा कार्यविधि २०७७ को बुँदा नम्बर ९ को २(क) बमोजिम एकमुष्ट रुपमा प्रदान हुने कोरोनाबाट अति प्रभावित लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा तथा विशेष पुनरकर्जाका लागि आवेदन आह्वान गरिएको राष्ट्र बैंकका नियमन विभाग प्रमुख, कार्यकारी निर्देशक देवकुमार ढकालले बताए । 

Advertisement

आवेदन बुझाउने अन्तिम मिति माघ १६ गतेसम्म निर्धारण गरिएको छ । आवेदन दिनका लागि कूल पुनरकर्जा रकम संस्थाको प्राथमिक पूँजीको अधिकतम २० प्रतिशतसम्म हुनु पर्नेछ । एक भन्दा बढी बैंक तथा वित्तीय संस्था मार्फक कर्जा उपयोगर गरेका ऋणीको हकमा एक बैंक/वित्तीय संस्था मार्फत मात्र आवेदन भएको सुनिश्चित गरेको हुनु पर्ने, पुनरकर्जाका लागि आवेदन गार्द लघु, घरेलु तथा साना उद्यम क्षेत्रका ऋणीहरुलाई अधिकतम मात्रामा समेट्ने गरी आवेदन गर्नु पर्ने र आवेदनका लागि कर्जा छनौट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक÷ऋणी समेटिएको हुनु पर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । 

राष्ट्र बैंकले प्रतिग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यमको पुनर्कर्जा, ५ करोड रुपैयाँसम्मका विशेष र साधारण पुनरकर्जा बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराउनेछ । पुनर्कर्जाको ब्याजदर ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म तोकिएको छ ।


 
 

Advertisement

Advertisement