वेष्टर्न युनियनको ‘बम्पर लक्की ड्र’: पोखराकी कल्पनाले जितिन रु. १० लाख

Advertisement

काठमाडौं । वेस्टर्न युनियनले नेपालमा उपभोक्ता प्रवद्र्धन योजना ‘दशैंको सौगात’अन्तर्गत ‘बम्पर लक्की ड्र’का विजेता घोषणा गरेको छ । काठमाडौंमा एक कार्यक्रमबीच सीजी फिन्कोबाट रकम प्राप्त गरेकी ‘बम्पर लक्की ड्र’की विजेता कल्पना शाहीलाई सीजी फिन्कोका डीजीएम नरबहादुर केसीले रु. १० लाख हस्तान्तरण गरेका छन् । विजेता शाहीले सो रकम उत्पादनमूलक क्षेत्रमा लगानी गरी जीवनभर वेस्टर्न युनियन मनी ट्रान्सफरलाई सम्झिरहने बताइन् ।

यो प्रवद्र्धन योजना दशैं, तिहार र छठ पर्वको अवसर पारेर अक्टुबरमा सार्वजनिक गरिएको थियो । योजनाअन्तर्गत हरेक हप्ता १० भाग्यशाली विजेताले रु. २५ हजार जित्ने अवसर पाएका थिए । योजना अवधिभरका सम्पूर्ण योग्य कारोबारहरु (साप्ताहिक विजेता कारोबारबाहेक)लाई स्वचालित रूपमा ‘बम्पर लक्की ड्र’मा समावेश गरिएको थियो ।

Advertisement

यो योजनामा सहभागी हुन नेपालका ग्राहकले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्ण ट्राभल, सीजी फिन्को लि., हुलास रेमिट्यान्स, माया रेमिट प्रालि, नबिल बैंक, डिजिटेक रेमिट्यान्स प्रालि र सूर्य रेमिट प्रालिबाट रकम प्राप्त गरेको हुनुपर्ने शर्त थियो ।

“म सबै ग्राहकप्रति आभारी छु, जसले कडा मेहनत गरेर कमाएको पैसा नेपालमा रहेका आफन्तसम्म पु¥याउन वेस्टर्न युनियनमा विश्वास गर्नुहुन्छ,” वेस्टर्न युनियन दक्षिण एसियाका सिनियर कन्ट्री म्यानेजर एसएस रमानाथनले भने, “यही विश्वासले हामी र हाम्रा एजेन्टहरूलाई विभिन्न ग्राहकका आवश्यकता पूरा गर्न निरन्तर प्रोत्साहन गर्दछ ।” उनले विजेतालाई बधाई पनि दिए ।

कोभिड–१९ ले निम्त्याएको सामाजिक तथा आर्थिक प्रतिकूलतासँग सारा संसार संघर्षरत रहिरहँदा पोखराकी कल्पना शाहीले भने सुखद खबर सुन्न पाइन् । वेस्टर्न युनियन तथा सीजी फिन्कोअन्तर्गत रु. १० लाख जितेको समाचार सुन्दा शुरुमा उनलाई पत्यारै लागेन । साथीभाइहरूले यो खबर झुटो हुन सक्ने भनी उनलाई सचेत पनि गराए । दुबईमा रहेका उनका श्रीमान्ले उल्टै प्रश्न गरे, “अझ यस्तो महामारीका बेला पनि कसैले पुरस्कार दिन्छ ?”

आफन्त र साथीभाइका यस्तै शंकाले उनी केही दिन अलमलमै रहिन् । सीजी फिन्कोबाट फोन आएपछि भने उनी ढुक्क भइन् । रु. १० लाख जितेको खबरमा उनले बल्ल हर्ष मनाइन् ।

दुबईमा रहेका श्रीमान्ले दशैं खर्चका लागि कल्पनालाई वेस्टर्न युनियनमार्फत रकम पठाएका थिए । कल्पनाले उक्त रकम पोखराकै सीजी फिन्कोबाट भुक्तानी लिएपछि उनी ‘लक्की ड्र’मा समावेश भएकी थिइन् ।  रु. १० लाख बराबरको पुरस्कार रकम बुझ्दा कल्पना निकै उत्साहित देखिन्थिन् ।

पोखरामै सानो व्यवसाय सम्हाल्दै १४ वर्षीय छोरासँग जीवन गुजारिरहेकी कल्पनाका श्रीमान् दुबईमा अपरेटरका रूपमा काम गर्छन् ।

कल्पना रकम लिन सीजी फिन्कोका कर्मचारीको सहयोगमा काठमाडौं आएकी थिइन् । चेक बुझेपछि उनले पुरस्कार रकम उत्पादनमूलक व्यवसायमा लगाउने योजना सुनाइन् ।

यस्ता पुरस्कारहरु केवल व्यापारिक आकर्षणमात्र नभई सामाजिक रुपान्तरणका पनि हिस्सा भएको बताउँदै सीजी फिन्कोका डीजीएम नरबहादुर केसीले समाजप्रतिको दायित्वलाई लिएर सीजी फिन्को र वेस्टर्न युनियन सधैं सजग रहेको बताए ।
 

Advertisement

Advertisement