बैंक तथा वित्तीय संस्थाले तोकेको व्यवसायिक योजना अब मोबाइल एपबाटै

Advertisement

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले तोकेको ढाँचामा व्यवसायिक योजना छिटोछरितो रुपमा कसरी तयार गर्ने ? उद्योगी–व्यवसायीहरुले यस्ता कठिनाईहरु झेलिरहेका हुन्छन् । यही समस्या र आवश्यकतालाई मध्येनजर गर्दै निड्स नेपाल प्रालिले डिजिटल प्रविधिमार्फत छिटो छरितोरुपमा व्यवसायिक योजना निर्माण गर्न ‘बीज सूत्र’ नामक मोवाइल एप तयार गरी बजारमा ल्याएको छ ।

यो एप स्मार्ट मोवाइल फोनमा प्ले स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सकिन्छ । जसको प्रयोगगरि उद्यमको आकार हेरी आधा देखि दुई घण्टा भित्रमा व्यवसायिक योजना तुरुन्तै निर्माण गर्न सकिन्छ । 

Advertisement

यस मोबाईल एपको प्रयोगबाट आफुले संचालन गर्न चाहेको नयाँ व्यवसाय वा सञ्चालन भईराखेको व्यवसायकोे तथ्याङ्क तथा सुचनाहरु उद्यमी स्वयम्ले एपमा प्रविष्ट गरि तिनै तथ्याङ्क तथा सूचनाहरुको विश्लेषणको आधारमा एप मार्फतनै विशिष्ठ ढाँचामा व्यवसायिक योजना स्वतह निर्माण हुन्छ । जुन योजनामा व्यवसायको व्यवस्थापकीय पक्ष, बजार योजना, वित्तीय विश्लेषण, व्यवसायको सबल पक्ष, अवसर तथा चुनौतिहरु जस्ता महत्तवपूर्ण पक्षहरु समेटिएको  छ । 

यसरी मोवाइल एपबाट प्रविष्ट गरिएका तथ्याङ्क तथा सूचनाहरुलाई निड्स नेपाल प्रालिको सर्भरमा सुरक्षित र व्यवस्थित गरिएको छ । जुन सूचनाहरुलाई भविश्यमा आवश्यकता अनुसार व्यवसायको तुलना गर्न तथा पुनरावलोकनको लागि प्रयोगमा ल्याउन सकिन्छ ।

यो मोवाइल एप नेपाली भाषामा तयार गरिएकोले प्रयोग गर्न सजिलो छ भने व्यवसायिक  योजना निर्माण गर्ने विज्ञहरुको प्रतक्ष्य संलग्नतामा तयार गरिएकोे एप दर्जनौँ उद्यमीहरुले प्रयोग तथा परिक्षण गरी अत्यन्तै रुचाईएको र माग पनि बढ्दै गईरहेको निड्स नेपाल प्रालिका अध्यक्षसगुन पुडासैनीले बताए ।

अब व्यवसायिक  योजना निर्माण गर्न लामो समय लाग्ने, बढि पैसा तिर्नु पर्ने र कसले योजना बनाइदेला भन्ने झन्झटबाट मुक्त गर्न सक्ने यसको प्रयोगबाट उद्यमीहरु मात्र नभएर व्यवसायमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरु, उद्यमी विकासका लागि सहयोग गर्ने विभिन्न सहयोगी संघ संस्थाहरु, परियोजना, सरकारी तथा गैर सरकारी संस्थाहरुलाई पनि लाभ पुग्ने अध्यक्ष पुडासैनीले बताए । 

यसका साथै निड्स नेपाल प्रालिले साना तथा मझौला उद्यमहरुको व्यवसाय प्रवद्र्धन र विस्तारका लागि व्यवसायीहरुको क्षमता अभिवृद्धि गरी उत्पादन लागत घटाई उनीहरुको दिगो विकासमा सहयोग पुर्याउन उद्यम विकास सेवाहरु प्रदान गर्दै आएको छ । 

व्यवसायिक योजना निर्माण, व्यवसाय दर्ता तथा नविकरण, लेखा परीक्षण, उद्यमशिलता विकास तालिम, बजारिकरण, बैंक तथा वित्तीय संस्थाबाट वित्तीय सेवाको लागि सहजीकरण, व्यवसायको सम्भाव्यता अध्ययन, व्यवसायिक स्वास्थ्य जाँच, उद्यमको प्रत्यक्ष अवलोकन तथा परामर्श, स्थानीय सरकारको कृषि उद्यम विकास केन्द्रित योजना निर्माण, उनीहरुको उद्यमहरुको प्रस्तावना तथा व्यसवसायिक योजना निर्माण र मुल्यांकन गर्न प्रविधिक सेवाहरु पनि प्रदान गर्दछ ।
 

Advertisement

Advertisement