हलिउड चलचित्र ‘टारगेट नम्बर वान’ डिशहोम सिनेमाघरमा हेर्न पाइने

Advertisement

काठमाडौं । नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र ‘पे पर भ्यू’मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको डिशहोमको सिनेमाघर इन्टरनेशनलमा पुस २१ गतेदेखि हलिवुड चलचित्र ‘टारगेट नम्बर वान’ रिलिज हुने भएको छ । 

दर्शकहरुले यो चलचित्र पुस २१ देखि दैनिक ६ शो, विहान ७ बजे, १० बजे दिउँसो १ बजे र ४ बजे  बेलुकी ७ बजे र १० बजे  हेर्न सक्नेछन् । सिनेमाघर इन्टरनेशनल च्यानलमा नम्बर ९९९ ले भाषा छनौट गरेर पनि चलचित्र हेर्न सकिन्छ । हलिउड चलचित्र ‘टारगेट नम्बर वान’ हिन्दी वा अंग्रेजी कुन भाषामा हेर्ने छानेर हेर्न सक्नेछन् । 

Advertisement

दैनिक ६ शो सञ्चालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नम्बर ९९९ मा हलिउड चलचित्र ‘टारगेट नम्बर वान’ हेर्न, आईभीआर नम्बर ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशनअनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा एमओडी९९९ आफ्नो क्यास आईडी अनि हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एसएमएस पठाएर वा नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेरसमेत न्यूनतम शुल्कमा सिनेमाघर खुलाउन सकिने डिशहोमले जानकारी दिएको छ । 

Advertisement

Advertisement