जाडोले एलजीको एसीको माग बढ्योः सिजी

Advertisement

काठमाडौं । नेपालमा एलजी ब्राण्डका घरायसी सामानहरु बिक्री गर्दै आएको चौधरी ग्रुपअन्तर्गतको सिजी इम्पेक्सले जाडोमा एलजीका एसीको माग निकै बढेको जनाएको छ । 

कम्पनीले हरेक मौसममा प्रयोग गर्न मिल्ने एलजीको एसीको माग बजारमा बढेको जानकारी दिएको छ । एलजी ब्राण्डका एसीमा डुएल इन्र्भटर रहेको छ । साथै थ्रि एम प्रोटेक्सन फिल्टर पनि रहेको छ, जसले अनावश्यक प्रदुषकहरु फिल्टर गर्दछ र हावामा रहेको धुलो कण एलर्जि हटाउँछ ।  

Advertisement

एजजीको एसीमा वातावरणमैत्री आर ३२ ग्यास रहेको छ, जसले कुशलतापुर्वक गर्मी प्रदान गर्ने र विजुली खपत पनि कम गर्ने कम्पनीको भनाई छ । एलजीको एसीले ७० प्रतिशतसम्म विजुली बचत गर्नुका साथै, छिटो तातो र मौसम अनुसार छिटो चिसो पार्ने क्षमता रहेको छ । साथै यस एसीमा १० वर्षको वारेण्टी पनि रहेको कम्पनीको भनाई छ । 
 

Advertisement

Advertisement