त्रिअ विमानस्थलका र्याम्प बसहरु विस्थापित गर्ने निर्णयप्रति वायुसेवा कम्पनीहरुको आपत्ति

Advertisement

काठमाडौं । वायुसेवा सञ्चालकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा हाल सञ्चालनमा रहेका र्याम्प बसलाई बिद्युतीय बसबाट विस्थापित गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णयप्रति आपत्ति जनाएका छन् । 

बिना छलफल आफूहरुले करोडौं रुपियाँ लगानी गरेर सञ्चालन गर्दै आएका र्याम्प बसहरु बिस्थापित गर्ने कुराले कोभिड महामारीबाट पीडित वायुसेवा सञ्चालकहरुमाथि अर्को पीडा थपिने भन्दै नेपाल वायुसेवा सञ्चालक संघले निर्णय विचार गर्न प्राधिकरणलाई आग्रह गरेको छ । 

Advertisement

संघले अनुसार हवाई यात्रुहरुलाई छिटो छरितो र सुरक्षित किसिमले हवाई जहाजसम्म पुर्याउन र बहाई जहाजबाट टर्मिनलसम्म पुर्याउन हवाई सेवा कम्पनीहरुले आफैले यस्तो सवारी साधन र उपकरणहरुको व्यवस्था गरेको बताउँदै यस्तो प्रतिकुल अवस्थामा आफूहरुले करोडौं रुपियाँ खर्चिएका बसहरु विस्थापित गर्नु न्यायचित नहुने बताएको छ । 

प्राधिकरणले विमानस्थललाई स्वच्छ र बाताबरणमैत्री बनाउन भन्दै यस्ता र्याम्प बसहरु हटाएर विद्युतीय बसहरु सञ्चालन गर्ने निर्णय गरेको छ । वायसेवा सञ्चालकहरुले भने आफूहरुले मापदण्डअनुसार नै बसहरु सञ्चालन गर्दै आएकाले विस्थापित गर्नु जरुरी नरहेको तर्क गरेका छन् । 

Advertisement

Advertisement