‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’का बिजेताले पाए एक लाख रुपियाँ पुरस्कार

Advertisement

काठमाडौं । ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ अफरका बिजेतालाई डिश मिडिया नेटवर्क लिमिटेडले एक लाख रुपियाँको चेक हस्तान्तरण गरेको छ । कम्पनीले लामो समयदेखि सञ्चालन गर्दै आएको यस प्रवद्र्धनात्मक कार्यक्रममा यो हप्ता एक जनालाई पुरस्कृत गरिएको हो । 

धादिङ थाक्रेका मनोज रिजाल (क्यास आईडी नम्बर २५५८२५४७४५)लाई डिशहोमका जेनरल म्यानेजर रमेश सापकोटाले एक लाख रुपियाँको चेक  प्रदान गरेका हुन्  । रिजाललाई एक बर्षको रिचार्ज गर्ने कोइराला ईलेक्ट्रोनिक्सका डिलरलाई पनि १० हजार रुपियाँ प्रदान गरिएको छ । 

Advertisement

हरेक शुक्रबार बेलुकी प्रत्यक्ष प्रशारण गरी बिजेता छनोट गरिने यस अफरमा डिशहोमका जुनसुकै प्याकेजमा बार्षिक रिचार्ज गर्ने र अनलाईन पेमेन्ट गेटवेबाट रु ५ हजार भन्दामाथि रिचार्ज गर्ने ग्राहकहलाई सहभागी गराउने गरिएको छ । विजेताहरुलाई डिशहोमले पुरस्कार राशी घरमै गएर प्रदान गर्दै आईरहेको छ ।

Advertisement

Advertisement