चन्द्रागिरीको ‘आईपीओ’मा पहिलो दिनमै ३.४३ प्रतिशत बढिको आवेदन

Advertisement

काठमाडौं । चन्द्रागिरी हिल्स कम्पनीले निष्कासन गरेको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ ।

आवेदकले शुक्रवार दिउँसोसम्म ४७ लाख ९६ हजार ७०० कित्ताका लागि आवेदन दिएका छन् । विक्री प्रबन्धकका अनुसार उक्त कम्पनीको आईपीओमा २ लाख ३१ हजार ८९२ जनाले रू. ४७ करोड ९६ लाख ७० हजार बराबरको आवेदन दिएका हुन ।

Advertisement

यो सर्वसाधारणलाई निष्कासन गरेको १३ लाख ९६ हजार २२ कित्ताको  मागभन्दा ३ दशमलव ४३ गुणा बढी हो । कम्पनीले  शुक्रवारदेखि १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि,७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र  बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्कासन गरिएको हो ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement