आइएमई जनरलको ब्रान्ड अम्बासडरमा मनिषा कोइराला नियुक्त

Advertisement

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड अम्बासडरमा अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त नेपाली नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् ।

तीन वर्षका लागि ब्राण्ड अम्बासडरमा नियुक्त कोइरालाको सहकार्यले कम्पनीेको प्रबद्र्घन गर्न थप सहयोग पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बताए । साथै श्रेष्ठले नयाँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेको व्यक्तिलाई ब्रान्ड अम्बासडर नियुक्त गर्न पाउनु खुशीको बिषय भएको बताए ।

Advertisement

उक्त कार्यक्रममा श्रेष्ठले नेपाली बीमा बजारमा उत्कृष्ठ सेवा प्रदान गर्दै निरन्तर अगाडी बढि रहेको र आगामी दिनमा कम्पनीले प्रदान गर्ने सेवामा परिस्कृत गर्दै उच्च कोटीको सेवा सहित डिजिटलको माध्यमबाट सेवामा विविधता ल्याइने जानकारी गराए ।

त्यसैगरी उक्त कार्यक्रममा नायिका कोइरालाले आइएमई जनरलको ब्रान्ड अम्बासडर भएर काम गर्न पाउँदा आफूलाई खुशी लगेको र कम्पनीको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ठ भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

Advertisement

Advertisement