बजार भाउ बढ्याबढ्यै, सरकार राजनीतिक मुद्दा मिलाउन अलमल

Advertisement

काठमाडौँ । दसैंअघि भटमासको तेलको मूल्य प्रतिलिटर १ सय ५० देखि १ सय ५५ रुपियाँ थियो । लगत्तै मूल्य बढेर १ सय ६३ रुपियाँ पुग्यो । त्यसपछि क्रमशः बढ्दै अहिले प्रतिलिटर १ सय ९५ देखि २ सय रुपियाँसम्म पुगेको छ ।

तेल मिलहरूले माघमा प्रतिलिटर एमआरपी मूल्य २ सय ४० देखि ६० रुपियाँसम्म बनाउने तयारी गरिरहेका छन् । सनफ्लावर तेलको मूल्य पनि सोही दरमा अकासिएको छ ।

Advertisement

एक साताअघि हरियो केराउको मूल्य प्रतिकिलो १ सय १५ रुपैयाँ थियो । अहिले १ सय २५ रुपियाँ पुगेको छ । गत चैतमा ब्रोइलर कुखुराको मासु प्रतिकिलो ३ सय २० रुपैयाँ र अन्डा प्रतिक्यारेट २ सय ८० रुपियाँ थियो । अहिले ब्रोइलरको मासु ३ सय ७५ देखि ३ सय ९० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । त्यस्तै अन्डाको मूल्य प्रतिक्यारेट ४ सय ५० रुपियाँसम्म पुगेको छ । मंसिरअघि प्रतिटिपर २२ हजार रुपियाँ पर्ने गिट्टी अहिले बढेर ३० हजार रुपियाँ पुगेको छ । प्रतिबोरा ६ सय ५० रुपियाँ पर्ने सिमेन्टको मूल्य बढेर ७ सय, प्रतिकिलो ५७ देखि ६२ रुपियाँ पर्ने डन्डी बढेर ८५ देखि ९० रुपियाँमा बिक्री भइरहेको छ ।

मूल्यवृद्धि भएका वस्तुमध्ये यी केही उदाहरण मात्र हुन् । राजनीतिक अस्थिरतासँगै बजारभाउमा चलखेल बढ्दो छ । मूल्य बढ्नुको खास कारण नभए पनि व्यवसायीले आफूखुसी मूल्य तोकेका छन् । 

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement