कार्यकर्ता उतारेर संसदमा अराजकता मच्चाउने ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव दर्ता

Advertisement

वासिङ्टन । ‘दंगालाई प्रोत्साहन गरेको’ आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीले अमेरिकी संसद्‍मा महाभियोग प्रस्ताव पेस गरेको छ । महाभियोग प्रस्तावमा ट्रम्प अमेरिकी संसद्‍मा भएको हिंसा भड्काउन सक्रिय रुपमा लागेको उल्लेख गरिएको छ ।

राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाएर हटाउन सभामुख नान्सी पेलोसीले जोड दिएकी छिन् । डेमोक्रेटिक पार्टीले राष्ट्रपति ट्रम्पले विद्रोह गरेको र भीडलाई हिंसात्मक क्रियाकलाप गर्न उक्साएको उल्लेख गर्दै महाभियोग वा अमेरिकी संविधानको २५औं संशोधनबाट पदबाट हटाउनुपर्ने बताउँदै आएको छ ।

Advertisement

कार्यकाल सकिनु ८ दिनभन्दा अघि संसद्मा महाभियोग प्रस्ताव पेस भएकाले पनि यो प्रक्रिया पूरा हुन्छ हुँदैन भन्नेमा भने शंका व्यक्त गरिएको छ । पछिल्लो पटक पनि ट्रम्पले महाभियोग सामना गरेका थिए । तर उनीविरुद्धको महाभियोग प्रस्ताव पास भएको थिएन । एजेन्सी

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement