नागरिक लगानी कोषको १ः०.८३  हकप्रदमा आजदेखि आवेदन दिन पाईने

Advertisement

काठमाडौं । नागरिक लागानी कोषले चुक्तपूँजीको १ः०.८३ अनुपातको हकप्रद शेयर मंगलबारबाट निष्कासन गरेको छ । शेयरधनीहरुले पुस २८ गते आजदेखि उक्त हकप्रदका लागि आवेदन दिन सक्ने छन् । कोषले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा २०७७ पुस १३ गतेसम्म कारोबार भई कायम शेयरधनीहरुको लागि उक्त हकप्रद निष्कासन गरेको हो । 

कोषले रु. १०० अंकित दरका १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद साधारण शेयरको निष्कासन गरेको छ । उक्त हकप्रद निष्कासन बन्द माघ १९ गते बैंकिङ समय पश्चात् हुनेछ । 

Advertisement

हाल कम्पनीको चुक्तापूँजी रु. १ अर्ब ६४ करोड ७ लाख ४० हजार ८०० रहेको छ भने जसलाई प्रति शेयर रु १०० अंकित मूल्इका १ करोड ६४ लाख ७ हजार ४०८ कित्ता साधारण शेयरमा विभाजन गरिएको छ । हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गरेपश्चात् कोषको चुक्तापूँजी ३ अर्ब पुग्ने छ । 

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement