नाडाले यस बर्ष पनि भन्सार दिवसमा भन्सार कर र भीसीटीएसबारे प्रशिक्षण गर्ने

Advertisement

काठमाडौं । अघिल्ला बर्षहरुमा जस्तै यस बर्ष पनि भन्सार दिवसको अवसरमा नाडा अटोमोवाइल्स एशोसियशन अफ नेपालले भन्सार कर तथा भीसीटीएससम्वन्धी प्रशिक्षण कार्यक्रम आयोजनाको तयारी गरेको छ । 

आफूहरुले ६९औं भन्सार दिवसको अवसरमा आफ्ना सदस्य प्रतिष्ठानहरुका लागि माघ ११ गते आइतबार यस्तो प्रशिक्षण आयोजना गर्न लागेको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए । 
 
प्रशिक्षणबाट भन्सार तथा भीसीटीएससम्वन्धी प्रावधानबारे जानकारी हासिल हुनुका साथै व्यवसायीहरुलाई स्वच्छ व्यापार गर्न गराउन हिसाव राख्ने एकाउन्टिङसम्वन्धी परीक्षण कार्यक्रम पनि राखिएको उनले बताए । दुलालले भन्सार दरका बारेमा धेरै कुराहरु जानकारी नहुँदा व्यवसायीहरुले झमेला खेप्ने गरेको उदाहरण दिँदै यस प्रशिक्षण कार्यक्रमबाट व्यवसायीहरुलाई निकै सहयोग पुग्ने बताए । 

Advertisement

उनले अहिलेको आफूहरुको मुख्य माग सन्दर्भ मूल्य हटाएर व्यवसायीले स्वघोषणा गरेको मूल्य कायम हुनुपर्छ भन्ने हो भन्सार प्रशासनले पनि त्यसलाई महशुष गरी मान्यता दिएको बताए । 

Advertisement

Advertisement