बुधबार ‘प्रोटोन सागा’ को भर्चुअल लञ्च हुँदै, यस्ता छन् विशेषता

Advertisement

काठमाडौँ । प्रोटोनको नेपालका लागी आधिकारिक विक्रेता जगदम्बा मोटर्सले चर्चित मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको नेपालमा निकै नै उत्साहका साथ लिइएको बहु–प्रतिक्षित मोडल ‘प्रोटोन साँगा’ बुधबार भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ । 

भर्चुअल लञ्च कार्यक्रमसाँझ ५ बजे पश्चात प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक र युट्युब पेज मार्फत प्रत्यक्ष प्रसारण गरिने जगदम्बा मोटर्सले जनाएको छ । प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रशिद्धी कमाउन सफल मलेशियाको राष्ट्रिय अटोमोबाइल कम्पनी  रहेको छ ।

Advertisement

जसले १९८५ मा प्रोटोन साँगाकै रुपमा आफ्नो प्रथम गाडी बजारमा ल्याएको थियो । त्यसपश्चात एकपछि अर्को गर्दै विभिन्न नयाँ मोडलहरु स्वदेशी तथा विदेशी बजारमा विक्री–वितरण गर्दै सफलता हाँसिल गरेको प्रोटोनका गाडीहरु  हाल संसारका ७० भन्दा धेरै मुलुकहरुमा देख्न सकिन्छन् भने यसका लगभग ४.४ मिलियन प्रयोगकर्ता रहेका छन् ।

प्रोटोन साँगाको बारे कुरा गर्न पर्दा यो उत्कृष्ट फिचर्स तथा डिजाइनले भरिपूर्ण र संसारभर एकदमै ज्यादा मात्रामा रुचाइएको सेडान रहेको छ । यसका एक्स्टिरियर देखि लिएर इन्टेरियरसम्म सबैको ध्यानाकर्षण गर्न योग्य रहेका छन् । यसमा समाहित १.३ लिटरको भिभिटि इन्जिन १२९९ सिसिको रहेको छ जसको पावर क्षमता अरु संग अतुलनीय छ ।
 
यसैगरी मनोरञ्जन विधाका लागि यसमा नयाँ स्मार्ट्फोन कनेक्टिभिटी जस्तो विशेष सुविधा जडान गरिएको छ, जसले ड्राइभिङ्गका क्रममा ड्राइभरलाइ मनोरञ्जन प्रदान गरिरहन्छ । यसमा रहेको ४२० लिटर क्षमताको ट्रंक रिलिज कतै यात्रा गर्दाओर्दा आफुले चाहेजति सामान अथवा लगेजहरु अटाउँनका लागि काफी छ भने इन्टेरियर एन्९५ फिल्टरले दुषित हावाबाट यात्रु र गाडीलाई जोगाइ राख्दछ । यसैगरी अगाडि बस्ने चालक र यात्रुको सुरक्षालाई मध्यनजर गर्दै यसमा एस्आरएस् एयर ब्याग्सको समेत सुविधा रहेको छ ।

Advertisement

Advertisement