अन्तरिक्षमा नेपाली भूउपग्रह राख्नेसम्वन्धी अध्ययनका लागि नौ कम्पनी इच्छुक

Advertisement

काठमाडौं । अन्तरिक्षमा नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्नेसम्बन्धी अध्ययनका लागि विभिन्न मुलुकका नौवटा कम्पनीले आशयपत्र (एलओआई) पेश गरेका छन् । छिमेकी भारत र चीनसहित फ्रान्स, अमेरिका, बेलायत, यूएई, जर्मनी र सिंगापुरका कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरण समक्ष आशयपत्र पेश गरेका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार भारतको केपीएमजी असु(यानसिटी एन्ड कन्सल्टिङ सर्भिसको जेभीमा केपीएमजी–एग्रोस्याटले आवेदन दिएको छ भने चीनको बेइजिङ स्पेसकी टेक्नोलोजी कम्पनी लिमिटेड आवेदन दिएको छ । 

Advertisement

यस्तै, फ्रान्सको युरो कन्सल्ट कम्पनी, लन्डनको इकोनिमिक्स लिमिटेड र अमेरिकाको स्पेस पार्टनरशिप इन्टरनेशनल, यूएईको एसथ्रिटेल इन्टरनेशनल, बेलायतको किस्पे स्पेस सिस्टम लिमिटेडको जेभी किस्पे टिम तथा सिंगापुरको सेलिस्टियल कन्सल्टिङ सर्भिस र जर्मनीको स्पेस टेक पार्टनरले पनि आवेदन दिएका छन् ।

कारोबार दैनिकबाट ।

Advertisement

Advertisement