राष्ट्रिय बीमा संस्थानको १६औँ शाखा धनकुटामा

Advertisement

काठमाडौँ । राष्ट्रिय बीमा संस्थानले धनकुटामा आफ्नो शाखाको औपचारिक उद्घाटन गरेको छ । मंगलबार शाखाको उद्घाटन राष्ट्रिय बीमा संस्थानका प्रशासक कविप्रसाद पाठकले गरेका हुन् । धनकुटा शाखा राष्ट्रिय बीमा संस्थानले व्यवसाय विस्तारको सिलसिलामा स्थापना गरेको १६ औँ शाखा हो ।

कार्यक्रममा राष्ट्रिय बीमा संस्थानका प्रशासक पाठक संगसँगै धनकुटा नगरपालिका वडा न ७ का वडाध्यक्ष जंगबहादुर राई लगायत केहि वित्तीय संस्थाका शाखा प्रबन्धकहरु तथा राष्ट्रिय बीमा संस्थानका वरिष्ठ अभिकर्ता र अभिकर्ता र बिमितहरुको पनि उपस्थिति रहेको थियो । 

Advertisement

सो अवसरमा राष्ट्रिय बीमा संस्थानका प्रशासक पाठकले धनकुटा शाखबाट जारी भएको बीमालेख बीमितहरुलाई वितरण गरेका थिए । धनकुटा र आसपासका क्षेत्रमा बीमाको पहँच बढाउन र सरोकारवालाहरुलाई बीमा सम्बन्धी सम्पूर्ण सेवा प्रवाह गर्न प्रतिबद्ध रहेको जानकारी राष्ट्रिय बीमा संस्थान धनकुटा शाखाले जनाएको छ । 

Advertisement

Advertisement