‘महिन्द्रा उत्सव’ योजनाअन्तर्गत बम्पर लक्की ड्रका विजेताको नाम घोषणा

Advertisement

काठमाडौँ । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक, अग्नि इन्कर्पोरेटेडले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै चाडपर्वका अवसरमा ‘महिन्द्रा उत्सव’  विशेष योजनाका विजेताका नाम घोषणा भएको छ । 

यस योजना अन्तर्गत जीवन बिमा (रु ५ लाखको दुर्घटना बिमा र १ लाख रुपैयाँको स्वास्थ्य बिमा) सहित रोटाभेटरमा ५० प्रतिशत छुट वा तीन वर्षको निःशुल्क सर्भिसिङसहितका पक्का उपहार राखिएको थियो । यसका साथै, रोमाञ्चक बम्पर पुरस्कारका रुपमा महिन्द्रा पावरोल फाइभ केभीए डीजी (डिजल जेनरेटर)े ३ जना भाग्यशाली विजेताहरुलाई लक्की ड्र कार्यक्रममार्फत प्रदान गरिने व्यवस्था गरिएको थियो ।

Advertisement

नेपालका ख्यातिप्राप्त क्रिकेटर र नेपाली क्रिकेट टिमका पूर्व कप्तान तथा अग्नि इंकका ब्रान्ड एम्बेसेडर पारस खड्काले योजनाको एक अंशका रूपमा बुधबार आयोजित ‘लक्की ड्र’ कार्यक्रममार्फत ३ बम्पर पुरस्कार विजेताहरूको घोषणा गरे । 

भाग्यशाली विजेताहरुमा योगराज राई (शहिदभूमि, धनकुटा), निरन्जना चौधरी(नेपालगञ्ज) र रामबहादुर कामी(नेपालगञ्ज) हुन् । दशैं, तिहार, छठ र विश्वकर्मा पूजाको शुभ अवसरमा महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकहरूका लागि ‘महिन्द्रा उत्सव’ योजना सञ्चालत गरिएको थियो । यो योजना ३० भाद्रदेखि १५ मंसिर २०७७ सम्म मान्य थियो ।

Advertisement

Advertisement