सिंहदरबार अगाडि बस पल्टियो, तीन जना घाइते

Advertisement

काठमाडौँ । मुलुकको प्रशासनिक मुख्यालय सिंहदरबार अगाडि बिहीबार बस अनियन्त्रित भई पल्टिएको छ । सिंहदरबार अगाडिको भद्रकाली बा ३ ख ४४३७ नम्बरको बस पल्टिँदा चालकसहित तीन जना घाइते भएका छन् । 

घाइते भएकाहरुलाई तत्कालै नजिकै रहेको राष्ट्रिय ट्रमा सेन्टरमा पुर्याएर उपचार गरिएको थियो  । घाइते चालकको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । बसमा यात्रु थोरै रहेकाले मानबीय क्षति हुन नपाएको हो । बस पल्टिएपछि केही समय सवारी आवागमन अवरुद्ध भएको थियो । 

Advertisement

Advertisement

Advertisement