विप्लवद्धारा माघ १० गते नेपाल बन्दको घोषणा

Advertisement

काठमाडौं । नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले माघ १० गते नेपाल बन्दको घोषणा गरेको छ । पश्चिम इञ्चार्ज धर्मेन्द्र बास्तोला लगायत पक्राउ परेको बिरोधमा विप्लब नेतृत्वको नेकपाले पाँच दिने आन्दोलनका कार्यक्रमसहित नेपाल बन्दको आव्हान गरेको हो ।

विप्लबले विज्ञप्ति निकालेर पाँच दिने संघर्षका कार्यक्रम अघि सारेका हुन् । जसमा माघ ३ गते देश व्यापी विरोध जुलुस, ५ गते विरोधसभा, ७ गते विरोध प्रदर्शन, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको घोषणा गरिएको छ । प्रहरीले विप्लब समुहका नेता बास्तोलासहित विवेक कुमाल र रोजन रखाललाई मकवानपुर र ललितपुरको सिमा क्षेत्रबाट पक्राउ गरेको थियो । 
 

Advertisement

Advertisement

Advertisement