माउन्टेन इनर्जीको एजीएमबाट १ जना सञ्चालक नियुक्त,  प्रतिबैठक रु. ५ हजार भत्ता दिने प्रस्ताव पारित

Advertisement

काठमाडौँ । माउन्टेन इनर्जी नेपालको सातौं वार्षिक साधारण सभा सम्पन्न गत सोमबार सम्पन्न भएको छ । आम्रपाली ब्याङक्वेट क्याटरिङ एण्ड इभेन्ट, भाटभटेनी, कठमाडौंमा सम्पन्न साधारण सभाले सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने गरी शेयरधनी रचना अधिकारीलाई सञ्चालक पदमा नियुक्त गरेको छ ।  

कम्पनीले संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७७ आसाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आव २०७६/०७७ को नाफा नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।

Advertisement

उक्त साधारण सभाले आ.व. २०७७/०७८ मा लेखा परीक्षण कार्य गर्नका लागि बि.आर. पाण्डे एण्ड एसोसियट्स, चार्टर्ड एकाउण्टेण्टस्लाई नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । साथै सभाले अध्यक्ष तथा संचालकहरुलाई प्रति बैठक रु ५ हजार भत्ता समेत उपलब्ध गराउने प्रस्ताव समेत पारित गरेको छ ।
 

Advertisement

Advertisement