केपी ओलीसँग मिल्न सकिन्न, थप कारवाही गर्नुपर्ने अवस्था आयोः अध्यक्ष माधव नेपाल

Advertisement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीमाथि थप कारवाही गर्नुपर्ने अवस्था आएको बताएका छन् । प्रतिनिधी सभा विघटन गरेपछि प्रचण्ड नेपाल समुहले ओलीलाई अध्यक्ष पदबाट हटाएर नेपाललाई अध्यक्ष बनाएको थियो । अध्यक्ष पदबाट हटाएपछि ओलीले गुटगत गतिबिधी अघि बढाएकाले थप कारवाही गर्नुपर्ने अवस्था सृजना भएको पनि अध्यक्ष नेपालले भने । 

बिहिबार नेपाल वुद्धिजिवी संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले अब केपी ओलीसँगको सहकार्य असम्भव भैसकेको पनि बताए । ओलीले संसद विघटन गरेपछि नेपाल प्रचण्ड समुहले ओलीलाई अध्यक्षबाट हटाएको छ भने ओली समुहले प्रचण्डको कार्यकारी अध्यक्ष पद खोसेको छ । अब भने नेपाल प्रचण्ड समुहले ओलीमाथि थप कारवाही गर्ने तयारी थालेको हो । शुक्रबार सो समुहको स्थायी कमिटी बैठक डाकिएको छ ।

Advertisement

Advertisement

Advertisement