केयूको भिसी हुन् ४४ जनाको लाइन, निष्पक्ष र न्यायोचित गर हैः डा. केसी

Advertisement

काठमाडौं । चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालय (केयू)को  पदाधिकारीमा सक्षम र नैतिकवान व्यक्तिको नियुक्त गर्न माग गरेका छन् । उनले बिहीबार विज्ञप्ति जारी गर्दै केयूको उपकुलपति (भिसी) नियुक्ति प्रक्रिया निष्पक्ष र न्यायोचित हुनुपर्ने माग गरेका हुन् । 

केयूको उपकुलपति नियुक्तिका लागि सर्च कमिटीले अघि बढाएका प्रक्रियामा ४४ जनाले आवेदन दिएका छन् । डा. केसी विज्ञहरुबाट सबै उम्मेदवारको योग्यता र अनुभवदेखि भिजनसम्मको मुल्यांकन गरेर मात्रै नियुक्तिका लागि सिफारिस गर्न सुझाव दिएका छन् । 

Advertisement

उनले बिगतका बर्षहरुमा मेडिकल शिक्षा नियमनमा चरम अनियमितता र बेथितिको केन्द्रमा काठमाडौं विश्वविद्यालयका निवर्तमान पदाधिकारीहरु रहेको भन्दै देशका आधाभन्दा बढी निजी मेडिकल कलेज केयू अन्तर्गत रहेको र पदाधिकारीहरु ती मेडिकल कलेजका सञ्चालकहरुको स्वार्थ र इशारामा चल्ने गरेको आरोप लगाएका छन् ।

डा. केसी भन्छन्, ‘कतिसम्म भने निजी कलेजहरुलाई नेपाल सरकार मन्त्रिपरिषद्ले एमबीबीएस कार्यक्रमका लागि तोकेकोभन्दा बढी शुल्क लिन दिने गरी अवैध निर्णयहरु समेत भएका छन् ।’ आफ्नो पछिल्लो सत्याग्रहमा भएका सम्झौतासमेत कार्यान्वयन हुने गरी तथा सक्षम र नैतिकवान व्यक्ति नियुक्त गर्न उनको माग छ ।

Advertisement

Advertisement