तिनाउ मिसन र नेशनल लाइफको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले एक विकास बैंक र एक बीमा कम्पनीको प्रतिशेयर मूल्य समायोजन गरेको छ । नेप्सेले यी दुई कम्पनीले शेयरधनीहरुलाई प्रदान गर्ने बोनस शेयर पछि आज शेयर मूल्य समायोजन गरेको हो ।

यसैक्रममा तिनाउ मिसन डेभलपमेण्ट बैंकले शेयरधनीहरुलाई दिने ६ प्रतिशत बोनसपििछ प्रतिशेयर मूल्य रु. १८६ कायम भएको छ । यसअघि रु. १९७ थियो । 

Advertisement

यसैगरी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई प्रदान गर्ने १० प्रतिशत बोनस पछि प्रतिशेयर मूल्य रु १०६४ कायम भएको छ । यसअघि रु. ११७० थियो । नेप्सेका अनुसार समायोजन गरिएको मूल्यबाट आइतबारदेखि दुबै कम्पनीको शेयर किनबेच शुरु हुनेछ । 
 

Advertisement

Advertisement