गरिमा विकास बैंकको एजीएम माघ ३० गते, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौँ । गरिमा विकास बैंकको चौधौँ वार्षिक साधारण सभा माघ ३० गते हुने भएको छ । बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले होटल पोखरा ग्राण्ड पोखरामा साधारण सभा गर्ने निर्णय गरेको कम्पनी सचिव माधवप्रसाद उपाध्यायले बताए ।

साधारण सभा प्रयोजनका लागि माघ १२ गतेदेखि ३० गतेसम्म शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) गर्ने निर्णय समेत भएको छ । 

Advertisement

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गर्ने हाल कायम चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस शेयर र ०.७१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) पारित गर्नेछ । बैंकको हाल कायम चुक्ता पूँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४ सय २८ रुपियाँ २६ पैसा छ । 
 

Advertisement

Advertisement